उपराष्ट्रपतिमा निर्वाचित यादवको राजीनामा स्वीकृत – Nepal Press

उपराष्ट्रपतिमा निर्वाचित यादवको राजीनामा स्वीकृत

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको राजीनामा स्वीकृत गरेको छ  ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएको मिति चैत ३ गते देखी लागु हुने गरी राजीनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपति यादवले दिएको साधारण सदस्यसमेत नरहने गरी दिएको राजीनामा स्वीकृत गरिएको हो ।

जसपा नेपालको महासचिवसमेत रहेका यादव गत चैत ३ गते तेस्रो कार्यकालका उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर