महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी – Nepal Press

महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नोबिना बस्नेतसहित अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

बस्नेतले २१७ मत ल्याएर विजयी हुँदा नेपाल विद्यार्थी संघकी धनुष विश्वकर्माले १३३ मत पाइन् ।

सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय र सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन्।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा कुल ३६९ मतदाता रहेकोमा ३५१ मत खसेको थियो । यस्तै एक मत बदर भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर