सिरहा क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी – Nepal Press

सिरहा क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी

जनकपुरधाम । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

सभापतिमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन् ।

यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वर कुमार यादव, शम्भु कुमार यादव, पुनिता कुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन् ।

यहाँ समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु एस र लोकतान्त्रिक विद्यार्थी संघबीच तालमेल भएको थियो । नेविसंघ भने एक्लै भिडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर