कपिलवस्तुका ४ मध्ये ३ क्याम्पसमा अनेरास्ववियु विजयी – Nepal Press

कपिलवस्तुका ४ मध्ये ३ क्याम्पसमा अनेरास्ववियु विजयी

रुपन्देही । कपिलवस्तुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएर नतिजा प्राप्त भएका ४ वटा क्याम्पसमध्ये ३ वटामा अनेरास्ववियुको एकल प्यानल विजयी भएको छ ।

त्यसैगरी एउटामा नेविसंघको प्यानल विजयी भएको छ ।

बुद्ध भूमि क्याम्पस बर्कलपुर ,फलारी बाबा बहुमुखी क्याम्पस महाराजगंग र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।

बुद्ध भूमिमा बाबुराम गिरीको प्यानल, महाराजगंजमा अभिशेष यादवको प्यानल र शिवपुरमा राम कुमार तेलीको प्यानल नै विजयी भएको हो ।

नेपाल आदर्श क्याम्पस शिवपुर र फलारी वावा बहुमुखी क्याम्पस महाराजगंज यसअघि नेविसंघले जित्दै आएका क्याम्पस हुन् ।

यता कपिलवस्तु बहुमुखीमा नेविसंघको प्यानल विजयी भएको छ ।

यहाँ तोयनारायण न्यौपानेको प्यानल विजयी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर