हेटौँडा क्याम्पसमा अनेरास्ववियुको जित – Nepal Press

हेटौँडा क्याम्पसमा अनेरास्ववियुको जित

हेटौँडा । मकवानपुरको दोस्रो ठुलो क्याम्पसको रूपमा रहेको हेटौँडा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुको तर्फबाट सभापतिका उम्मेदवार अभि मैनालीले २ सय ९० मत प्राप्त गरी विजयी भए । नेपाल विद्यार्थी संघका राजीव फुयाँलले १ सय ८५ मत प्राप्त गरे ।

त्यसैगरी मैनाली प्यानलबाट सचिवमा अन्जान खडका, कोषाध्यक्षमा अविना थापा सहित सदस्यहरूमा तिलकबहादुर पाख्रिन, रञ्जिता फुयाँल, भरत मोहन देवकोटा,नवीनकुमार चौधरी र गणेश तिमल्सिना विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर