प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै, यस्तो छ संसदको कार्यसूची – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदै, यस्तो छ संसदको कार्यसूची

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिने भएका छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसदको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख गरेका छन् ।

प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए भने नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले भोलि विश्वासको मत लिन लागेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर