मोरङका ४ क्याम्पसमा अनेरास्ववियु विजयी – Nepal Press

मोरङका ४ क्याम्पसमा अनेरास्ववियु विजयी

विराटनगर । मोरङको लेटाङ बहुमुखी क्याम्पस, नरर्सिङ क्याम्पस विराटनगर, रमाइलो क्याम्पस कानेपोखरी र स्नातकोत्तर क्याम्पस विराटनगरमा एमाले निकट अनेरास्ववियुले सभापतिमा विजय हासिल गरेको छ ।

आइतबार भएको स्ववियु निर्वाचनमा लेटांग बहुमुखी क्याम्पस र रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलै विजयी भएको छ । विराटनगरमा रहेको नरसिंग क्याम्पसमा भने सभापति र कोषध्यक्ष जितेको छ । यस्तै विराटनगरमा रहेको स्नातकोत्तर क्याम्पसमा भने सभापति मात्रै अनेरास्ववियुले जितेको छ ।

सचिव र कोषध्यक्ष भने नेवि संघ समाजवादी र क्रान्तीकारीको प्यानलले जितेको छ । नरसिंग क्याम्पसको सचिवमा भने नेवि संघ विजयी भएको छ । लेटांग क्याम्पसमा अनेरास्ववियुबाट सभापतिका उम्मेदवार छवि श्रेष्ठ विजयी भएका छन् । यस्तै सो क्याम्पसमा सचिवमा पुजेश अधिकारी र कोषाध्यक्षमा पनि अनेरास्ववियुका सागर पौडेल विजयी भएका छन् ।

विराटनगरमा रहेको नरसिंग क्याम्पस सभापतिमा एमाले निकट अनेरास्ववियू विजयी भएको छ । सभापतिमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी छन् । उनले ९७ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी स्मारीका बरालले ७९ मत ल्याइन् । यस्तै स्नातकोत्तर क्याम्पसमा एमाले अनेरास्ववियुका निर्मल गजुरेल ५ मतले विजयी भए ।

यस अघि नै मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियकी मालती रेग्मी सहित प्यानलै विजयी भएकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर