सिन्धुपाल्चोकको जलविरे र जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी – Nepal Press

सिन्धुपाल्चोकको जलविरे र जुगल क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

काठमाडौं । सिन्धुपाल्चोकको जलविरे भ्याली क्याम्पसमा सभापतिसहित अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा क्रान्तिकारीका अच्युत अधिकारीले ५९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसघका सुदेश ढकालले ३३ मत प्राप्त गरे ।

त्यस्तै, सचिवमा विक्रम भट्टराई, कोषाध्यक्ष दिपा सापकोटा र सदस्यहरुमा कृष्णकुमारी गोतामे, रीता बिक र अस्मिता श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, जुगल बहुमुखीमा पनि क्रान्तिकारी नै निर्वाचित बनेको छ । क्याम्पसमा पनि अखिल क्रान्तिकारीको प्यानल नै निर्वाचित भएको छ । सभापतिमा अखिल क्रान्तिकारीका सुर्दशन अर्यालले ८८ र नेविसंघ र अनेरास्ववियु संयुक्त प्यानलका नवीन गिरीले ६३ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर