रारा बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका राज तामाङ्ग विजयी
नेपाल प्रेस
२०७९ चैत ५ गते १९:२६
सुर्खेत । मुगुको रारा बुहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका राज तामाङ्ग निर्वाचित भएका छन् । आइबार भएको निर्वाचनमा उनले ११७ मत प्राप्त गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्ष्मा विजयी बनेका हुन् ।
रारा बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस अन्तर्गत पर्दछ ।
यस क्याम्पसमा जम्मा मतादाता संख्या २६० मा २०७ मत खसेको थियो ।
प्रतिक्रिया