तनहुँको आँबुखैरेनी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका निशान निर्वाचित – Nepal Press

तनहुँको आँबुखैरेनी क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका निशान निर्वाचित

पोखरा । तनहुँको आँबुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) को नेतृत्वको गठबन्धन निर्वाचित भएका हुन् ।

अखिल (क्रान्तिकारी) का निशान मगर स्ववियु सभापति निर्वाचित भएका छन् । उनले १ सय १६ मत लिँदा अनेरास्ववियुका कृशल कंडेलले ७२ मत प्राप्त गरे ।

नेविसंघका बोनिस अधिकारी सचिव, क्रान्तिकारीका श्वेता थापा कोषाध्यक्ष निर्वाचित भइन् । अस्मिता श्रेष्ठ, अर्पण देवकोटा र रविन कामी स्ववियुको सदस्य चयन भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर