कपिलवस्तुको बुद्धभूमि क्याम्पसमा एमाले निकट अखिल प्यानल विजयी – Nepal Press

कपिलवस्तुको बुद्धभूमि क्याम्पसमा एमाले निकट अखिल प्यानल विजयी

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि क्याम्पसका अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुद्धभूमि नगरपालिका ९ चौवन्नमा रहेको क्याम्पसमा अखिलका बाबुराम गिरी १६ मतान्तरले विजयी भएका छन् ।

गिरीले ११६ मत पाउँदा नेविसंघका जीवनप्रसाद भुसालले ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमपाणी सापकोटाले बताए ।

यसैगरी सचिवमा सागर थारु, कोषाध्यक्षमा दिपा तिवारी, सदस्यमा दिलिप कुमार वि।क।, मधु सुनार, प्रिङका थारु, खगिश्वरा खत्री र दिलमाया कुँवर निर्वाचित भएका छन् । उक्त क्याम्पसमा २ सय २६ मतदाता मध्ये २१३ मत खसेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर