मुस्ताङको तेज निरला क्याम्पसमा गठबन्धन प्यानल विजयी – Nepal Press

मुस्ताङको तेज निरला क्याम्पसमा गठबन्धन प्यानल विजयी

पोखरा । मुस्ताङका तेज निरला जनहित बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा गठबन्धनको प्यानल विजयी भएको छ ।

क्याम्पस युनियनको सभापतिमा एमालेनिकट अनेरास्ववियुका एलिस थकालीलाई पराजित गर्दै एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अमीशा तिलिजा निर्वाचित भएकी छन् ।

सचिवमा नेविसंघकी रविना गुरुङ, कोषाध्यक्षमा नेविसंघकी असिम गुरुङ निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरुमा अनेरास्ववियूका निसल थकाली, काल्देन साङ्मो गुरुङ र प्रिति गुरुङ निर्वाचित भएका हुन् ।

उक्त क्याम्पसमा स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपा माओवादी विप्लप समूहनिकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले लोकतान्त्रिक बाम विद्यार्थी गठबन्ध गरेर स्ववियु निर्वाचनमा होमिइदा नेकपा एमालेनिकट अनेरास्ववियु विद्यार्थी संगठनले एकल प्रतिस्पर्धा थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर