प्रतितोला १ लाख १० हजार पुग्यो सुनको भाउ – Nepal Press

प्रतितोला १ लाख १० हजार पुग्यो सुनको भाउ

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले  हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन शुक्रबार मात्रै प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *