च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा चेल्सी र रियल मड्रिड भिड्ने, सिटीको प्रतिस्पर्धी बार्यन – Nepal Press

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा चेल्सी र रियल मड्रिड भिड्ने, सिटीको प्रतिस्पर्धी बार्यन

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड र इङलिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिड्ने भएका छन् ।

शुक्रबार भएको अन्तिम ८ को ड्रमा म्यान्चेस्टर सिटीले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्धी पाएको छ ।

यस्तै इन्टरमिलानले बेन्फिकाको समाना गर्दा, सिरी ए च्याम्पियन एसी मिलानले नापोलीसँग खेल्नेछ ।

रियल र चेल्सीबीचको विजेताले सेमिफाइनलमा सिटी र बार्यनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसी मिलान र नापोलीबीचको विजेताले इन्टर वा बोन्फिकासँग खेल्नेछ ।

क्वार्टरफाइनलको पहिलो लेग अप्रिल ११ र १२ मा हुनेछ । दोस्रो लेग १८ र १९ मा हुनेछ । सेमिफाइनलको पहिलो लेग मे ९-१० र दोस्रो लेग १६-१७ मा हुनेछ ।

च्याम्पियन्स लिगको फाइनल जुन १० मा टर्कीको इस्तानबुलस्थित ऐटाटुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर