पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालतको आदेश – Nepal Press

पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाउन उच्च अदालतको आदेश

पोखरा । पोखरा नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र ऋषि राजभण्डारी संयुक्त इजालाशले क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी तत्काल काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटीबाट सभापति उम्मेदवार बनेकी अनुष्ठा चापागाईले अनेस्ववियुबाट सभापति उम्मेदवार बनेकी अन्जना अधिकारी सरकारी कर्मचारी रहेको भन्दै उम्मेदवारी बदर गर्न माग गर्दै फागुन ३० गते अदालतमा रिट दायर गरेकी थिइन् ।

‘नेपाल सरकारको कर्मचारी निर्वाचन निर्देशिका अन्तर्गत नेपाल सरकारको कर्मचारी पेशागत संघ संस्था अथवा पार्टीका शुभेच्छुक संस्था बाहेक भ्रातृसंगठनको सदस्यता समेत लिन नपाउने हुँदा निज अन्जनाको कर्मचारी नियमावली २०७५, को परिच्छेद २ को दफा १२ तथा स्वास्थ्य सेवा ऐन २०५३ को दफा ६५ बमोजिम नेपाल सरकारको राजनैतिक दल ऐन र नियम भन्दा बाहिर रहेर जिनले भ्रातृसंगठनको सदस्यता लिई उम्मेदवारी दर्ता गरेको देखिदाँ निजको उम्मेदवारी बदर गरि अनुष्ठा चापागाईलाई विजेता घोषणा गर्न मागसहित यो निवेदन पेश गर्दछु,’ चापागाईले दिएको निवेदनमा भनिएको छ ।

आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर