विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी – Nepal Press

विराटनगरको नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी

विराटनगर । स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा विराटनगर नर्सिङ क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न दबाब दिएको भन्दै नेविसंघले तालाबन्दी गरेको जनाएको छ ।

यसअघि पनि नेविसंघले पटकपटक क्याम्पस प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराउँदै आएको थियो । क्याम्पस प्रशासन र निर्वाचन समितिले एक्लौटी काम गर्न खोजेपछि ताला लगाएको नेविसंघका नेताहरुले बताएका छन् ।

नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेलले नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिने गरेको बताए ।

नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ प्रतिस्पर्धामा छन् । अनेरास्ववियुका नेता भास्कर खनालले पराजित मानसिकतामा नेवि संघले तालाबन्दी गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर