तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र रुपन्देही ११ भिड्ने – Nepal Press

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र रुपन्देही ११ भिड्ने

कैलाली । शनिबारदेखि बुटवलमा सुरु हुने तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम ११ र रुपन्देही ११ भिड्दै छन् ।

रुपन्देहीको बुटवलमा चैत ४ गतेदेखि ११ गतेसम्म हुने २२ औं संस्करणको सो प्रतियोगितामा खेल्न सुदूरपश्चिम ११ को खेलाडी टोली शुक्रबार बुटवल प्रस्थान गरेको छ ।

टोलीलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्री, क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख टोप विष्ट, सुदूरपश्चिम ११ स्पोट्र्स क्लबका अध्यक्ष सुरेश हमाललगायत क्लबका सदस्यहरूले बिदाइ गरेका थिए ।

मोफसलको पुरानो मानिने तिलोत्तमा गोल्डकपको स्थापना २०३१ सालमा तत्कालीन बुटवल नगर पञ्चायतले गरेको थियो । यो प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल सङ्घले आयोजना गरेको छ ।

प्रतियोगितामा आयोजक रुपन्देही ११, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्री स्टार, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा र सुदूर पश्चिम ११ गरी आठ टीमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर