चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ) – Nepal Press

चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारको बारेमा छलफल गर्ने पनि बताए ।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न कुनै पनि अप्ठ्यारो नरहेको दाबी गरे ।

प्रतिक्रिया

One thought on “चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)

  1. कुन सालको चैत १० ? अब शुरू हुन्छ एमालेलाई धोका दिएको नतिजा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर