नेपाली क्रिकेट टीमका खेलाडीलाई वागमती सरकारले जनही एक लाख दिने – Nepal Press

नेपाली क्रिकेट टीमका खेलाडीलाई वागमती सरकारले जनही एक लाख दिने

हेटौंडा । वागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहनस्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।

आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।

बिहीबार आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *