उपराष्ट्रपति चुनावमा सहभागी भएनन् यी दुई दल
नेपाल प्रेस
२०७९ चैत ३ गते १३:४६
काठमाडौं । उपराष्ट्रपति चुनावअन्तर्गतको मतदानमा दुईवटा राजनीतिक दल सहभागी भएका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी नभएका हुन् ।
प्रतिनिधिसभामा राप्रपाका १४ र नेमकिपाका १ जना सांसद छन् ।
राप्रपा र नेमकिपा दुवै दल राष्ट्रपति चुनावमा पनि तटस्थ बसेका थिए ।
प्रतिक्रिया