भोजपुर गोल्डकपको मिति तय, बाहिरी देशकासहित ८ टीम सहभागी हुने – Nepal Press

भोजपुर गोल्डकपको मिति तय, बाहिरी देशकासहित ८ टीम सहभागी हुने

टक्सार (भोजपुर) । आउँदो साताबाट सुरू हुने अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा ८ टीम सहभागी हुने भएका छन् ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको जिल्लाकै प्रतिष्ठित गोल्डकप नकआउट चरणमा चैत १०-१६ सम्म सञ्चालन गरिने छ ।

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका ६ र बाहिरी दुई टीम प्रतिस्पर्धीका रूपमा उत्रिनेछन् । जसमा बाहिरी टीम युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन छन् भने । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, एनबीवाईसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टीम हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रूपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायसँग सहयोगका लागि समन्वय गरिने अध्यक्ष सुवालले जानकारी दिए ।

-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर