नेपाली क्रिकेटको विश्वकप छनौटको यात्रालाई भारतीय दूतावासदेखि आईसीसीसम्मको बधाई – Nepal Press

नेपाली क्रिकेटको विश्वकप छनौटको यात्रालाई भारतीय दूतावासदेखि आईसीसीसम्मको बधाई

काठमाडौं । नेपालले १२ खेलमा ११ खेल जितेर क्रिकेट विश्वकपको छनौट खेल्न जिम्बावे जाने निश्चित भएपछि बधाईको ओइरो लागेको छ ।

खराब मौसममाको कारण आज त्रिवि मैदानमा डकवर्थ लुइस पद्धतिबाट भएको नतिजामा युएईलाई ९ रनले पराजित गरेको नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिइसकेका छन् ।

नेपाली टोलीलाई भारतीय दूतावासले पनि बधाई दिएको छ । दूतावासले आफ्नो सामाजिक संजालमा लेखेको छ, ‘आइसीसी पुरुष विश्व कप क्रिकेट प्रतियोगिताको छनौट खेलमा स्थान पक्का गरेकोमा नेपाललाई बधाई ।’

यस्तै, क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि बधाई दिएको छ ।

धेरै कठिनाइका बाबजुत नेपालले विश्वकप छनौट खेलमा स्थान सुरक्षित गरेको भन्दै आईसीसीले बधाई भनेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर