मुहम्मद वसिमको त्यो ओभर, जसमा गुल्शनले खेल नेपालको पक्षमा मोडे – Nepal Press

मुहम्मद वसिमको त्यो ओभर, जसमा गुल्शनले खेल नेपालको पक्षमा मोडे

काठमाडौं । यूएईका खतरनाक ब्याट्सम्यानका रुपमा चिनिन्छन् कप्तान मुहम्मद वसिम । उनी पार्ट टाइम बलर पनि हुन् । तर, आज उनको फ्याँकेको एक ओभर यूएईका लागि निभै भारी पर्यो ।

नेपालका गुल्शन झालाई आउट गर्ने लक्ष्यसहित ४१ औं ओभरमा वसिम आफैं बलिङमा आएका थिए । त्यबेला सम्म नेपालले ६ विकेटको क्षतिमा २३५ रन बनाएर खेलिरहेको थियो । गुल्शन क्रिजमा टिके पनि खुलेर खेल्न सकिरहेका थिएनन् ।

उनी ३६ बलमा १५ रनको अवस्थामा थिए । यदि ४० औं ओभरपछि खेल रोकिएको भए डीएल मेथडका आधारमा यूएईले खेल १३ रनले जित्ने थियो । तर, वसिमको बलिङले खेल नेपालको पक्षमा मोडियो ।

४१ ओभरको पहिलो बलमा गुलशनले रन बनाउन सकेनन् । दोस्रो बलमा २ रन बटुले । तेस्रो बलमा गुल्शनले छक्का लगाए । त्यसपछिका तीन बलमा लगातार चौका हिर्काए । अन्तिम बलमा यूएईका रोहन मुस्तफा फिल्डिङमा अल्मलिदा बलले बाउन्ड्री लाउन काटेको थियो । यो ओभरमा नेपालले २० रन बनायो र डीएल मेठडमा यूएईभन्दा अगाडि बढ्यो ।

यो ओभरपछि नेपाललाई जितका लागि ४८ बलमा ५६ रन आवश्यक थियो । गुल्शनलाई साथ दिन दिपेन्द्रसिंह ऐरी आएका थिए, जो नेपालका प्रमुख ब्याट्सम्यानमध्ये एक हुन् । त्यसैले यदि खेल पूरा ओभर गएको भए पनि नेपालले जित्ने नै अवस्था थियो ।

तर, ४४ ओभरपछि अम्पायरले खराब प्रकाशका कारण खेल रोक्ने निर्णय लिए । त्यसबेला नेपाल डीएलका आधारमा ९ रनले अगाडि थियो । नेपालले खेल जित्यो । यूएईले प्रोटेस्ट गर्न खोजे पनि त्यसको अर्थ थिएन ।

म्याचका दौरान डीएल मेथडका आधारमा आफूहरु अगाडि हुँदासम्म यूएईका बलर र फिल्डरले आलटाल गरेर समय कटाउन खोजेका थिए । यसले उनीहरुलाई नै ब्याकफायर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर