८३ रनको साझेदारी तोडियो, ६७ रन बनाएर भीम आउट – Nepal Press

८३ रनको साझेदारी तोडियो, ६७ रन बनाएर भीम आउट

काठमाडौं । यूएईविरुद्ध उत्कृष्ट ब्याटिङ गरिरहेका भीम सार्की आउट भएका छन् । जुनैद सिद्दिकीले उनलाई एलबीडब्लू धरापमा पारे ।

आरिफ शेखसँग पाँचौं विकेटका लागि सार्कीले बलियो साझेदारी गरिरहेका थिए । उनी आउट भएसँग खेल फेरि यूएईको पक्षमा मोडिएको छ ।

३०औं ओभरको अन्तिम बलमा सार्की आउट भएका हुन् । उनले ७६ बलमा ६७ रन बनाए । जसमा ९ चौका समावेश थिए । ९ एक दिवसीय खेलेका उनले दोस्रो अर्धशतक बनाएका छन् ।

आरिफ शेखसँग सार्कीको ८३ रनको साझेदारी भएको थियो । अहिले क्रिजमा आरिफ र गुलशन झाले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर