यूएईविरुद्ध भीम सार्कीको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा – Nepal Press

यूएईविरुद्ध भीम सार्कीको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो । ६.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाउँदा भीम क्रिजमा आएका थिए । उनले ओपनर कुशल भुर्तेलसँग ६१ रनको साझेदारी गरे ।

विष्फोटक ब्याटिङ गरिरहेका कुशल आउट भएपछि नेपाल दबाबमा पर्‍यो, तर भीमले धैर्यता गुमाएका छैनन् । अहिले उनी आरिफ शेखसँग मिलेर नेपालको इनिङ अगाडि बढाइरहेका छन् । भीमले ६० बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनको इनिङमा ५ चौका समावेश छन् । आरिफले २२ रन बनाएर भीमलाई साथ दिइरहेका छन् ।

नेपालका लागि पाँचौं नम्बरमा क्रिजमा आएका भीमले आरिफसँग ५१ रनको साझेदारी गर्दै संयमित इनिङ खेलिरहेका छन् । यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई ५० रनमा गुमाउँदा, आसिफ शेख शून्यमा आउट भएका थिए । कुशल मल्ल ५ रन र कप्तान रोहित १६ रन बनाएर पभेलियन फर्किएका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर