नेपाललाई ठूलो झट्का : यूएई कप्तानको शानदार क्याचमा रोहित आउट – Nepal Press

नेपाललाई ठूलो झट्का : यूएई कप्तानको शानदार क्याचमा रोहित आउट

काठमाडौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपाल दबाबमा परेको छ । कप्तान रोहितकुमार पौडेल पनि चाँडै आउट भएका छन् ।

आयन अफजल खानको बललाई रोहितले बाउन्ड्रीको दिशा देखाउन खोज्दा यूएईका कप्तान मुहम्मद वसिमले शानदार क्याच लिए । ट्राभल गरिरहेको बललाई वसिमले हावामा उड्दै अँठ्याएका थिए ।

ओपनर कुशल भुर्तेलले नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ठूलो झट्का लागेको हो । अहिले रोहितको ठाउँमा भीम सार्की ब्याटिङमा आएका छन् ।

आउट हुनुअघि रोहितले २५ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाएका थिए । छैटौं ओभरको समाप्तिमा नेपाल ३८ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर