नेपालविरुद्ध आसिफ खानको छक्का वर्षा, ४१ बलमै बनाए कीर्तिमानी शतक – Nepal Press

नेपालविरुद्ध आसिफ खानको छक्का वर्षा, ४१ बलमै बनाए कीर्तिमानी शतक

काठमाडौं । यूएईका ब्याट्सम्यान आसिफ खानले त्रिवि क्रिकेट मैदानमा छक्काको वर्षा गर्दै कीर्तिमानी सतक बनाएका छन् । उनले ४१ बलमा बनाएको सतक एसोसिएट क्रिकेटमा सबैभन्दा छिटो हो ।

१७५ रनमा यूएईले पाँचाैँ विकेट गुमाएपछि आसिफ क्रिजमा आएका थिए । त्रिवि मैदानमा खचाखच नेपाली दर्शकलाई स्तब्ध तुल्याउँदै उनले छक्कैछक्काको वर्षा गरे । नेपाली बलरहरुमाथि ११ छक्का प्रहार गरेका आसिफ १०१ रनमा अविजित रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर