आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य – Nepal Press

आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार पार्‍यो ।

यूएईका आसिफ खानले बिष्फोटक शतक प्रहार गरे । उनले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १०१ रन बनाए । भृत्य अर्विन्ददे १ सय ३८ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ९४ रन बनाएर आउट हुँदा शतक बनाउन चुके । रोहन मुस्तफाले २० रन योगदान गरे ।

यूएईको स्कोर मजबुत बनाउन तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । ओपनर आर्यान लाक्रा ६ रनमा बोल्ड आउँछ हुँदा कप्तान मोहमद वासिमले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै ६३ रनमा आउट भए । वासिमले सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट हुनुअघि, ४९ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे ।

नेपालको बलिङमा दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडन राख्दै १९ रन खर्चिएर दुई विकेट लिए । ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

आजको खेलमा नेपालका सन्दीप लामिछाने र गुलशन झा सबै भन्दा महँगो साबित भए । सन्दीपले एक विकेट लिँदा १० ओभरमा सर्वाधिक ८० रन खर्चिए जुन उनको क्रिकेट करियरमा हालसम्म खर्चिएको सबै भन्दा धेरै रन हो । यसअघि, उनले खर्चिएको सबैभन्दा धेरै रन ६६ थियो ।

एकदिवसीय मान्यता जोगाइसकेको नेपाललाई आजको खेलमा यूएईलाई पराजित गर्दै शीर्ष तीनमा रहेर सोझै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने अवसर छ । यदि नेपाल पराजित भए रिजनल क्विालिफायर्स खेल्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर