नेप्सेले सार्वजनिक गर्‍यो ट्रेडिङ सिमुलेटर – Nepal Press

नेप्सेले सार्वजनिक गर्‍यो ट्रेडिङ सिमुलेटर

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ । धितोपत्रको दोस्रो बजारका सम्भावित लागानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रूपमा सञ्चालनमा ल्याएको नेप्सेले जनाएको छ ।

नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ भन्ने व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।

नेप्सेको अनुसार प्रयोगकर्ताले यस लिंकमा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *