नेपालको निर्णायक खेलमा यूएईले टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

नेपालको निर्णायक खेलमा यूएईले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं। विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ। नेपालका सन्दीप लामिछाने सबैभन्दा कम खेलमा विकेटको शतक पुरा गर्ने कीर्तिमानबाट २ विकेटले मात्र पछाडि छन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ भने त्रिवि क्रिकेट मैदानमा खेलेका एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा ९ खेलयता हार बेहोरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर