प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याकरको कमान्डमा : असान्दर्भिक सामग्रीको प्रचार – Nepal Press

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याकरको कमान्डमा : असान्दर्भिक सामग्रीको प्रचार

काठमाडौँ। प्रधानमन्त्री कार्यालयकाे आधिकारिक ट्विटर अकाउन्ट ह्याकरकाे नियन्त्रणमा रहेको आशंका गरिएको छ ।

पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक फरक असान्दर्भिक ट्विटले यस्तो देखाएको हो।

विभिन्न तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि ह्याकरको प्रवेश भएको देखिएको छ।

तर, प्रधानमन्त्री कार्यालय तथा सचिवालयबाट यस बारेमा कुनै सार्वजनिक जानकारी आएको छैन।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिम्सिनाले ट्विटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताए ।

उनले कार्यालय पुगेपछि मात्रै बाँकी भेरिफाई हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर