ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफले आर्मीलाई हरायो – Nepal Press

ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफले आर्मीलाई हरायो

काठमाडौं । मणी कुमार लामाको निर्णायक गोलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई १-० गोलको नतिजामा पराजित गरेको छ ।

च्यासल रंगशालामा वुधबार सम्पन्न खेलको ३७ औं मिनेटमा मणीले गरेको गोल एपीएफकौ जितमा निर्णायक बन्यो ।

दायाँतर्फबाट बिपन कार्कीले गरेको क्रसलाई पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका मणीले उत्कृष्ट गोल गरेका थिए ।

एपीएफका नवीन लामाले १२औं मिनेटमा प्रहार गरेको फ्रि–किकमा सनिश श्रेष्ठको हेडर बाहिरिएको थियो ।

दिनेशले २०औं मिनेटमा प्रहार गरेको कर्नरमा आर्मीका डिफेन्डर विकाश खवासको प्रहार फ्रेममा परेको थिएन। सुरुआती ३५ मिनेटसम्म एपीएफलाई दबाबमा राखेको आर्मीले २९औं मिनेटमा अर्को अवसर सिर्जना गरेको थियो ।

दिनेशले बायाँतर्फबाट गरेको तेस्रो सशक्त क्रसमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठले नियन्त्रण गुमाएका थिए। यद्यपि, एपीएफका डिफेन्डरले घेरिएका नवयुग श्रेष्ठले फाइदा उठाउन सकेका थिएनन् ।

जितसँगै एपीएफले पाँच खेलबाट आठ अंक जोडेको छ। पराजित आर्मीको समान पाँच खेलबाट ६ अंक छ । आजै दशरथ रंगशालामा हुने अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुँदैछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर