नेपाल-यूएईबीचको खेलको टिकटमा उठेको रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानको घोषणा – Nepal Press

नेपाल-यूएईबीचको खेलको टिकटमा उठेको रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाल र यूएईबीचको अन्तिम खेलमा उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

वुधबार क्यानले टिकटको रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेको हो । लिग २ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न नेपाललाई उक्त खेलमा यूएईलाई हराउनै पर्ने दबाब छ ।

नेपालका लागि महत्वपूर्ण रहेको यसखेलमा नेपालभरिबाट धेरै भन्दा धेरै दर्शक आउने अपेक्षा गरिएको छ । १२ सय टिकट बिक्री गर्ने भनिएकोमा १० हजार भन्दा बडी टिकट बिक्री भइसकेको क्यान स्रोतले जनाएको छ ।

जारी शृंखलामा नेपालले पहिलो खेलमा पीएनजी, दोस्रोमा यूएई र तेस्रो खेलमा पीएनजीलाई हराउँदै अपराजित रहेको छ । नेपालसँग प्रतिस्पर्धा गर्नुअघि, यूएईले वुधबार पीएनजीमाथि शानदार जित निकाल्दै टिमको मनोबल बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर