नेप्से दोहोरो अंकले ओरालोतर्फ – Nepal Press

नेप्से दोहोरो अंकले ओरालोतर्फ

काठमाडौं । साताको चौंथो दिन बुधबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको हो ।

अघिल्लो दिन १.८५ अंकले बढेर बजार १९५३.०६ विन्दुमा बन्द भएको थियो । आज ३७ लाख १६ हजार ६८४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा एक अर्ब २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक नाफा कमाउनेमा क्रमशः युनिक नेपाल लघुवित्त, शुभम पावर लिमिटेड, विन्द्यवासनी हाइड्रोपावर डेभलपमेन्ट, रु रु जलविद्युत परियोजना र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक गुमाउनेतर्फ भने क्रमशः किशान लघुवित्त, बाराही हाइड्रोपावर, स्वरोजगार लघुवित्त, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था रहेका छन् ।

बुधबार कारोबारका आधारमा १० करोड ३५ लाख २२ हजार ३३ रुपैयाँको कारोबारसहित एनआईसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ ।

कारोबारमा रहने उपसमूहमा भने आज १३ वटै समूहको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *