कम्युनिष्टहरु संगठित हुनैपर्छ, एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भइसक्यो : विप्लव – Nepal Press

कम्युनिष्टहरु संगठित हुनैपर्छ, एमाले-माओवादीले गरेको संसदीय अभ्यास असफल भइसक्यो : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले परिवर्तनकारी अग्रगामी कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियाको थालनी भएको बताएका छन् ।

नेकपा माओवादी समाजवादीसँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो सुखद सुरुवात हो । हामीले यहाँबाट सुरु गरेका छौं । यो नै पूरा होइन । हामीले आज सुरु गरेका छौं। हरेक क्षेत्रमा एउटा संगठन र विघटन आउँछ । नेपालको कम्युनिष्ट आन्दोलन विघटनको उत्कर्षमा पुथ्यो। आजबाट हामीले संगठनको प्रक्रिया सुरु गर्दैछौँ ।’

उनले जनताको नेतृत्व गर्ने असल कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताए ।

‘आजबाट एउटा छलफल जरुर सुरु हुन्छ । सबै कम्युनिष्ट पार्टीहरुमा हामी अपेक्षा गर्छौं । संशोधनवादी जे भनेपनि । संसदबाटै हुन्छ भनेर एमाले र माओवादीले अभ्यास गरिरहेको छ’ उनले भने, ‘त्यहाँको नयाँ पिढीमा एउटा बहस हुनैपर्छ । यति लामो अभ्यास संसदको गोलचक्करमा हराउने राजनीति र कम्युनिष्ट आन्दोलनले जनताको चाहनाको नेतृत्व गर्नै सक्दैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर