महासंघमा अञ्जन श्रेष्ठले बनाए चुनावी प्यानल, यी हुन उपाध्यक्षहरू – Nepal Press

महासंघमा अञ्जन श्रेष्ठले बनाए चुनावी प्यानल, यी हुन उपाध्यक्षहरू

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी चुनावको लागि प्यानल घोषण हुन थालेको छ ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारहरुले प्यानल घोषणा गर्न सुरु गरेका हुने महासंघको चैत २८ गते हुने निर्वाचनका लागि अञ्जन श्रेष्ठले आफ्नो प्यानल घोषण गरेका हुन् ।

श्रेष्ठ हाल महासंघको बस्तुगत उपाध्यक्ष रहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले उपाध्यक्षका उम्मेदवारहरू टुंगो लगाएका हुन् ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका श्रेष्ठको प्यानमा जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् ।

त्यस्तै, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधान श्रेष्ठको प्यानलबाट चुनावमा छन् ।

महासंघमा यस वर्ष हुने निर्वाचनमा ३ देखि ४ वटा प्यान बन्ने छ । यसभन्दा पहिलेको निर्वाचनमा २ वटा प्यानल मात्रै बनेको थियो ।

वरिष्ठ उपाध्यक्षको लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघाईं र किशोर प्रधानले तयारी गरी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *