विवाइडीद्वारा ३ युनिट ‘अल निउ इ ६’ नेपाल आयल निगमलाई हस्तान्तरण – Nepal Press

विवाइडीद्वारा ३ युनिट ‘अल निउ इ ६’ नेपाल आयल निगमलाई हस्तान्तरण

काठमाडौं । विवाइडी अटो इन्डष्ट्री कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इन्कले ३ युनिट ‘अल निउ इ ६’ गाडी नेपाल आयल निगम ‘एनओसी’ लाई हस्तान्तरण गरेको छ ।

नेपालको लामो रेन्ज भएकोे इभि जसको सिंगल चार्जमा ५२२ किलोमीटर सम्म यात्रा गर्न सकिने कम्पनीले बताएको छ ।

एनओसीको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरुप नै ‘अल निउ इ ६’ को खरिद प्रक्रिया अगाडी बढाएको जनाइएको छ । शुन्य उत्सर्जन र कम संचालन खर्च रहेका भट सवारी साधनहरु धेरै नै प्रभावकारी र वातावरण मैत्री रहेका छन् ।

आयल निगमद्वारा विद्युतिय गाडी खरिद गरिनुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने र विद्युतिय सवारी साधनलाई प्रोत्साहन गर्न सहयोग पुर्याउने साइमेक्सका प्रबन्ध निर्देशको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *