बैंकिङ क्षेत्रका कर्मचारीलाई शान्ति सुरक्षा प्रदान गर्न सिबिफिनको माग – Nepal Press

बैंकिङ क्षेत्रका कर्मचारीलाई शान्ति सुरक्षा प्रदान गर्न सिबिफिनको माग

काठमाडौं । भयरहित वातावरणमा बैंकिङ सेवा सुचारू गर्न उचित शान्ति सुरक्षाको व्यवस्थाका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकार, नियामक निकाय र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रुपमा परिभाषित गरी यस्ता क्षेत्रहरूमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने/नपाइने गरी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको सन्दर्भमा सोको उल्लघंन भएको सिबिफिनले बताएको छ ।

विभिन्न व्यवसायिक संस्थाहरूले २०७९ फागुन ३० गतेका दिन मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) गहिरो खेद प्रकट गरेको छ ।

साथै, बैंकिङ जस्तो अत्यावश्यकीय सेवालाई निर्वाधरूपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनसमेत सरकार, गृह मन्त्रालय, राष्ट्र बैंक, सुरक्षा निकायसहितसँग माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *