फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी अभियानको आपत्ति, हटाउन माग – Nepal Press

फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी अभियानको आपत्ति, हटाउन माग

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवादप्रति सहकारी अभियानले आपत्ति जनाएको छ । फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको भन्दै सो संवाद हटाउन राष्ट्रिय सहकारी महासंघले माग गरेको छ ।

उक्त संवादले समग्र सहकारीमाथिको अपमान गराएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले बताए । अध्यक्ष कडेलले चलचित्र विकास बोर्डलाई संवाद हटाउन पत्र पठाएको छ । फिल्म फागुन १९ गतेदेखि प्रर्दशनमा आएको हो ।

महासंघले पत्रमा लेखेको छ, ‘पछिल्लो समय आर्थिक संकुचनका कारण सबै क्षेत्रमा जस्तै सहकारीमा पनि समस्या परेको छ । यहि सन्दर्भलाई लिएर आमा सरस्वती मुभिजद्वारा निर्मित चलचित्र छक्का पञ्जा ४ मा सहकारी सम्बन्धी ‘लाञ्छनायुक्त एवम नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको ध्यानाकर्षण भएको छ ।’

सो संवादको घोर भत्र्सना गर्दै तत्काल हटाउँन महासंघले अनुरोध गरेको छ ।

उक्त फिल्मको संवादमा, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ’, त्यसपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नि ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी भाग्न पनि सक्छ ।’ भन्ने थियो । यही संवादलाई सहकारी अभियानले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *