राष्ट्रिय टिममा नयाँ अनुहार समावेश गर्ने र धेरै भन्दा धेरै जित निकाल्ने भिन्सेन्जोको योजना – Nepal Press

राष्ट्रिय टिममा नयाँ अनुहार समावेश गर्ने र धेरै भन्दा धेरै जित निकाल्ने भिन्सेन्जोको योजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एक वर्षको सम्झौतामा राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टोलाई औपचारिक रुपमा मंगलबार सार्वजानिक गरेको छ ।

केहि हप्ता अघि नियुक्त गरेको भनेपनि भिन्सेन्जोलाई एन्फाले आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरेको हो ।

पहिलो पटक मिडियामा आएका भिन्सेन्जोले आगामी एक वर्षमा उनको योजना राष्ट्रिय टिममा जतिसक्दो नयाँ अनुहार समावेश गर्ने र धेरै भन्दा धेरै जित निकाल्ने रहेको उनले बताए ।

‘यहाँका खेलाडीहरु क्षमतावान छन् । मैले यहाँ राम्रो गनए सक्छु भन्ने विश्वास लिएको छु । खेलाडीहरुको बारेमा जान्नु मेरालागि ठूलो चुनौती रहेको छ । मैले नयाँ टिम बनाउनु पर्नेछ । नयाँ खेलाडीहरु र नयाँ ‘स्टार्टेजी’ सहित धेरै भन्दा धेरै जित निकाल्ने मेरो एक वर्षको योजना छ।’ उनले भने ।

करिब २७ वर्षको उमेरमा प्रशिक्षकको रुपमा काम गर्न थालेका भिन्सेन्जोले अफ्रिका, एसिया र यूरोपका ९ फरक देशमा काम गरिसकेका छन् । उन्ले नेपाली टिमको हिस्सा हुन पाउँदा र नेपाल आउन पाउँदा खुसी लागेको साथै ठूलो जिम्मेवारि र चुनौति पनि रहेको प्रतिक्रिया दिए ।

नेपाल आएपछि भिन्सेन्जोको प्रतिक्रियाः

म यो अवसरका लागि लामो समयदेखि कुरिरहेको थिए । मैले नेपाली फुटबललाई दुई–तीन वर्षदेखि ‘फलो’ गरिरहेको छु र यहाँ आउनु मेरालागि ठूलो सपना पुरा भए जस्तै भएको छ । म यहाँ सफल हुन र राम्रो गर्न चाहान्छु ।

यहाँको मुख्य चुनौती भनेको खेलाडीहरुले विश्राम पाएका छैनन् । उनीहरु तीन दिनमा दुई खेल खेलिरहेका छन् । ए डिभिजन लिगलाई राम्रोसँग गर्न सक्योभने त्यहि खेलाडी उत्पादनको राम्रो स्रोत बन्छ ।

व्यवहारले म शान्त मान्छे छु खेलाडीहरुले मैले भनेको शतप्रतिशत ‘फलो’ गर्न गाह्रो होला तर समयसँगै सबैकुरा राम्रो हुँदै जान्छ सबै मिलेर अघि बढ्छौं भन्ने सोचेको छु । म चाहान्छु मेरो खेलाडीहरु ‘अट्याकिङ’ भएको मन पराउँछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर