कुलमान घिसिङकाे आग्रह- सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ (भिडियाे) – Nepal Press

कुलमान घिसिङकाे आग्रह- सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ (भिडियाे)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताए । उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए।

उनले भने, ‘ सबैलाई म आह्वान गर्छु विद्युतिय सवारी साधन प्रयोग गरिदिनु हुन । सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ । त्यसले दुईवटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतिय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०÷१२ रुपैयाँ पर्छ । र गाडीहरुमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतिय सवारीमा । ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ । आगामी दिनमा सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ ।’

त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए ।

साथै उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *