म्यान अफ दि म्याचको पुरस्कार पाएपछि सन्दीप भावविह्वल (भिडिओ) – Nepal Press

म्यान अफ दि म्याचको पुरस्कार पाएपछि सन्दीप भावविह्वल (भिडिओ)

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको म्याचमा स्पिनर सन्दीप लामिछाने म्यान अफ दि म्याच भएका छन् । सन्दीपले खेलमा ५ विकेट लिएका थिए ।

म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए । ‘भविष्यमा पनि म आफ्नो देशका लागि योगदान दिन चाहन्छु,’ उनले भने ।

पाटन उच्च अदालतले धरौटीमा छोडेपछि टीममा फर्किएका सन्दीप उच्च फर्ममा छन् । त्यसयता लगातार विकेट लिइरहे पनि म्यान अफ दि म्याच भने पहिलोपटक भएका हुन् ।

खेलपछिको प्रेसमिटमा पनि सन्दीप भावुक देखिएका थिए । ललितले राम्रो सुरुवात दिएपछि आफूलाई सजिलो भएको उनले बताए । आफू बलिङमा रमाइरहेको उनको भनाइ थियो ।

‘अहिलेसम्म राम्रो भएको छ, आगामी म्याचमा पनि आफ्नो तर्फबाट सबै प्रयास गर्नेछु,’ उनले थपे । टीममा सबैले एकअर्कालाई ब्याक अप गर्नुपर्नेमा सन्दीपले जोड दिए ।

‘प्रदर्शन कहिले राम्रो हुन्छ, कहिले हुँदैन । हरेक खेलाडीले फरक फरक खेलमा आफूलाई म्याचविनर सावित गरिरहेका छन् । टिमभित्रको वातावरण एकदमै राम्रो छ,’ उनले भने ।

अबको अन्तिम म्याच जितेर जिम्बाबेमा हुने ग्लोबर क्वालिफायर्समा नेपाल छनोट हुने सन्दीपले आशा व्यक्त गरे । उनले टीमभित्र नयाँ प्रशिक्षक मोन्टी देसाईले सकारात्मक वातावरण बनाएको पनि उल्लेख गरे ।

‘उहाँले हामीलाई राम्ररी लिड गरिरहनुभएको छ, उहाँको नेतृत्वले खेलाडीलाई सहज भएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर