नेपालले हासिल गर्‍यो एक दिवसीय क्रिकेटमा छैटौं छिटो जित, चौंथो पनि नेपालकै नाममा – Nepal Press

नेपालले हासिल गर्‍यो एक दिवसीय क्रिकेटमा छैटौं छिटो जित, चौंथो पनि नेपालकै नाममा

काठमाडौं । विश्वकप लिग २ अन्तरगत आज भएको पपुवा न्यूगिनीविरुद्धको खेलमा नेपालले ७.४ ओभरमा नै ९६ रनको लक्ष्य भेट्यो । यो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा छैटौं सर्वाधिक छिटो जित हो ।

आफ्नो इनिङको २५४ बल खेल्न बाँकी छँदै नेपाल लक्ष्यमा पुगेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले चौका र छक्काकाे वर्षा गरेका थिए । आशिफले २१ बलमा नै आफ्नो अर्धसतक पुरा गरे । उनको इनिङमा ३ छक्का र आठ चौका समावेश थिए । यसैगरि कुशल भुर्तेल १४ बलमा २ छक्का र ४ चौकासहित ३३ रन बनाएर आउट भए ।

सर्वाधिक छिटो जितको कीर्तिमान ईंग्ल्यान्डको नाममा छ । सन् १९७९ मा भएको खेलमा ईंग्ल्यान्डले क्यानाडा विरुद्ध १३.५ ओभरमा जित हासिल गरेको थियो । त्यसबेला एक दिवसीय खेल ६० ओभरको हुने गथ्र्यो । ईंग्ल्यान्डले २७७ बल बाँकी छँदा नै ४६ रनको लक्ष्य भेटेको थियो ।
५० ओभरको खेलमा भने सर्वाधिक छिटो जित श्रीलंकाले जिम्बाबेविरुद्ध हात पारेको छ ।

सन् २००१ मा भएको म्याचमा श्रीलंकाले ४.२ ओभरको खेलेर २७४ बल बाँकी छँदा जिम्बाबेले दिएको ३९ रनको लक्ष्य भेटेको थियो । तेस्रो छिटो जित पनि श्रीलंकाकै नाममा छ । सन् २००३मा क्यानाडाविरुद्ध श्रीलंकाले २७२ बल बाँकी छँदा जित हासिल गरेको थियो । सो म्याचमा क्यानाडाले दिएको ३७ रनको लक्ष्य श्रीलंकाले ४.४ ओभरमा भेटेको हो ।

सर्वाधिक छिटो जितको सूचीको चौंथो स्थानमा नेपालका नाममा छ । नेपालले अमेरिकाविरुद्ध २०२० मा घरेलु मैदानमा भएको खेल २६८ बल बाँकी छँदै जितेको थियो । सो खेलमा अमेरिकाले दिएको ३६ रनकोे लक्ष्य नेपाले ५.२ ओभरमा ८ विकेट गुमाएर भेटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *