उपराष्ट्रपति उम्मेदवार रामसहाय माधव निवासमा – Nepal Press

उपराष्ट्रपति उम्मेदवार रामसहाय माधव निवासमा

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।

अध्यक्ष नेपाल निवास कोटेश्वरमै पुगेर यादवले भोट मागेको नेता प्रदीप यादवले बताए ।

भेटमा अध्यक्ष नेपालले भोट दिने र पुर्णरूपले सहयोग गर्नै प्रतिबद्धता जनाएको उनले बताए । उपराष्ट्रपतिमा जसपाले यादव र प्रमिला कुमारी यादवले उम्मेदवारी दिएका छन् । तर, प्रमिलाको उम्मेदवारी निष्क्रिय राख्ने जसपाको तयारी छ । सत्ता गठबन्धनबाटै जनमतकी ममता झाको पनि उम्मेदवारी परेको छ ।

एमालेबाट अष्टलक्ष्मी शाक्य पनि प्रतिस्पर्धामा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर