नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए बाउको विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए बाउको विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एक दिवसीय शृङ्खला अन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध तेस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले सेसे बाउलाई बोल्ड आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।

यसअघि, ललित राजवंशीले ओपनर किप्लिन डोरिगालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपाल कामीले हिरीहिरीलाई करण केसीबाट क्याच गराउँदा नेपालले दोस्रो सफलता पाएको थियो ।

पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि १ सय ७७ रनको शानदार जित निकाल्दै एक दिवसीय मान्यता जोगाउन सफल भएको थियो । बाँकी दुई खेल जिते नेपालले शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

प्रतिक्रिया

One thought on “नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए बाउको विकेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर