सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता – Nepal Press

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको जारी खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले हिरीहिरीलाई करण केसीबाट क्याच गराउँदै आउट गरे ।

यसअघि, ललित राजवंशीले ओपनर किप्लिन डोरिगालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि १ सय ७७ रनको शानदार जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो ।

बाँकी दुई खेल जिते नेपालले शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर