आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको कार्यकाल – Nepal Press

आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको कार्यकाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबार रातीबाट सकिएको छ । कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी नवनिर्वाचित  राष्ट्रपति रामचन्द्र पौडेललाई शपथग्रहणमा सहभागी भएर निवास शीतलनिवास छाडने तयारीमा छिन् ।

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि पहिलो पटक २०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुनः २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।

दोस्रो पटक भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरेकी थिइन् भने भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरेकी थिइन्।

उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् ।

भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्ने पहिलो र एकमात्रै महिला मात्रै होइनन्, तत्कालीन अवस्थामा राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै २६औं महिला पनि हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर