नेविसंघ मकवानपुरमा दुई समुहको विवाद हुँदा मकवानपुर क्याम्पसमा तोडफोड – Nepal Press

नेविसंघ मकवानपुरमा दुई समुहको विवाद हुँदा मकवानपुर क्याम्पसमा तोडफोड

हेटौँडा । आधिकारिकताको विषयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को दुई समूहबीच विवाद हुँदा असन्तुष्ट पक्षले जिल्लाको सबैभन्दा ठूलो क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा तोडफोड गर्नुको साथै तालाबन्दी गरेका छन् ।

मकवानपुरमा नेविसंघको सभापति को भन्ने विवादबीच जिल्लाबाट चयन भएका सभापति सुवास सापकोटा तथा केन्द्रीय अध्यक्षले तोकेर पठाएका सभापति भिषण ठकुरीबीच विवाद भएपछि ठकुरी समूहले क्याम्पस तोडफोड गरेको हो ।

आइतबार सापकोटा समूहलाई क्याम्पसले आधिकारिकता प्रदान गरेपछि आक्रोशित ठकुरी समूहले साहायक क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गर्नुको साथै क्याम्पसमा तोडफोड गरेको हो ।

तोडफोडमा क्याम्पस प्रमुखको कार्यकक्षसहित ४ झ्यालको सीसा फुटेको छ । शनिबार स्ववियु निर्वाचनका लागि नेविसंघ सुवास सापकोटा समूह र भीषण ठकुरी समुहले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका थिए ।

गत फागुन १९ गते स्ववियु निर्वाचनका लागि सुवास सापकोटा समुहको नेविसंघले क्याम्पसमा दल दर्ता गराएको थियो । गत फागुन १९ गते नै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले नेविसंघ मकवानपुरको अध्यक्ष भीषण ठकुरीलाई तोकेका थिए ।

गत माघ २८ गते विद्यार्थीहरुको भेलाले नेविसंघ मकवानपुरको अध्यक्षमा सुवास सापकोटालाई चयन गरेको थियो । नेपाली काङ्ग्रेस मकवानपुरले समेत नेविसंघ मकवानपुरको अध्यक्षमा सुवास सपकोटालाई वैधानिकता दिन फागुन २४ गते नेपाली काङ्ग्रेस केन्द्रीय कमिटीलाई पत्राचार समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर