ललित चम्कँदा संकटमा यूएई, नेपाल एकदिवसीय मान्यताको सुनिश्चिततातर्फ – Nepal Press

ललित चम्कँदा संकटमा यूएई, नेपाल एकदिवसीय मान्यताको सुनिश्चिततातर्फ

काठमाडौं । स्पिनर ललित राजवंशीले व्यक्तिगत तेस्रो विकेट लिँदा आईसीसी विश्वकप लिग २ अन्तर्गत जारि त्रिदेशीय एकदिवसीय शृंखलामा यूएईविरुद्ध नेपालले छैटौं सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई १६.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन मात्रै बाउन सफल भएको छ ।

आफ्नो छैठौं ओभरको पहिलो बलमा दोहोरो अंकमा रन बनाएका यूएईका एकमात्रै ब्याटर आयान अफजल खानलाई कुशल भुर्तेलबाट क्याच आउट गराउँदै ललितले व्यक्तिगत तेस्रो विकेट लिए ।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेसँगै नेपाल एकदिवसीय मान्यता सुनिश्चिततातर्फ अघि बढेको छ । आजको खेलमा यूएईलाई पराजित गरे नेपाल तालिकाको चौथो स्थानमा पुग्दै एकदिवसीय मान्यता राख्नेछ । विश्वकप छनोट खेल्न नेपाललाई बाँकी दुई खेल जित्नुपर्ने दबाब रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर