देव गुरुङको आरोप- एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो (भिडिओ) – Nepal Press

देव गुरुङको आरोप- एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्ने बताएका छन् ।

माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रेगुलर कोर्टमा मुद्दा पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताए ।

उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ । शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ । यो विषयमा हाम्रो ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा भएका छौं । शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ ।’

संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको महासचिव गुरुङले आरोप लगाए ।

प्रतिक्रिया

3 thoughts on “देव गुरुङको आरोप- एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो (भिडिओ)

  1. यस्तो लाग्छ : जो बोल्छ एउटा गर्छ अर्को, जो प्रचार गर्छ एउटा धुन छ अर्कै, जसको निर्णय हुन्छ एउटा काम हुन्छ अर्कै :: यस्तै असक्ष्यम, अकर्मण्य र राजनैतिक रुपमा स्खलित र राजनीति र नेत्रित्वमा हुनु पर्ने अलिकत्ती पनि गुण र सक्ष्यमता नभएकाहरुको बिस्लेसण, ठोकुवा र भबिस्यवाणी सुन्दै ताली थोक्दै पच्छ्याउँदै हिंड्न पर्ने कस्तो बिडम्बना छ !!
    ::: के लाग्छ यिनिहरुले भनेकै कुरा सही हो हुन्छ र पत्याइदिनु पर्ने !!
    ::: बाबुरामले कयौं ठाउमा कत्ती जनाको अगाडि: प्रचन्डको बारेमा के के भनेका छन :: के ती सही हुन कि गलत !?
    :: भर्खरै प्रचन्डको बच्चाउ गर्दै उनले भने ‘कुन भाषण गर्दा के के बोलेका हुन्छन त्येसलाई समाएर हुन्छ ?’ भने — यसको अर्थ के लाग्छ :: यी सब फन्टुस् हुन कि त्येसको कुनै अर्थ छ
    ::: ठग, छली, जाली, स्वार्थी, तिक्डमबाज :: राजनीतिको आकासमा हुँदै नहुनु पर्नेहरु चक्चकी गर्छन् :: समस्या हुन यी र ती !!

  2. यो जस्तो अनैतिक नेता अरू छैन । एमसिसि, नमगरिकता विधेयकमा यसको हैसियत देखियो । एमाले र ओलिलाई गाली गरेर नेता बन्न खोज्ने दिल्लीका दलालहरूको के कुरा गर्नु ?

  3. सत्तामा बसेर यस्ता कुरा गर्न त लाज लाग्नु पर्ने हो ! अब जे चाहेको त्यही गरे हुन्छ नि ! सत्तामा गइसकेपछि पनि के बाकी छ र ? अब त काम गर्नु पर्ने होइन त ? अरुलाई दोष दिएर उम्कन मिल्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर